पालको इतिहासमा गोर्खा राज्यको स्थापनादेखि नेपाल एकीकरण तथा विदेशी आक्रमणबाट मुलुकको रक्षा गर्ने क्रममा पाँडे वंशका वीर तथा राष्ट्रभक्त भारदारहरु काजी गणेश पाँडे, काजी कालु पाँडे, काजी तुलाराम पाँडे, मूलकाजी वंशराज पाँडे, प्रधानमन्त्री दामोदर पाँडे लगायतको योगदान अविस्मरणीय छ । विशेषगरी, राजा पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरण अभियानका क्रममा प्राण अर्पण गर्ने काजी कालु पाँडे र उनका सन्तानहरुको बलिदान इतिहासमा स्वर्ण अक्षरले लेखिन योग्य छ ।